राजिनामा दिँदै ओलीले भने– राजनीतिक निकासका लागि राजिनामा
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी, भदौ २४ गते ।
जेनजी प्रदर्शन उग्र बनेपछि मंगलबार अपरान्ह पदबाट राजीनामा दिएका केपी शर्मा ओलीले राजनीतिक निकासका लागि राजिनामा दिएको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको बताएका छन् ।
उनले भनेका छन्– हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु ।