राजनीतिक निकासका लागि वार्ता जारी
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी, भदौ २५ गते ।
राष्ट्रपतिको उपस्थितिमा हुने वार्ताको सहजीकरण गरिरहेका प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी समुहको आधिकारिक टोली पहिचान गर्ने प्रयास जारी राखेका छन् । उनले मंगलबार साँझदेखि नै वार्ता टोली गठन गरेर छलफल अघि बढाउन विभिन्न समूहसँग छलफल जारी राखेका छन्।
मंगलबार बेलुका भद्रकालीस्थित जंगीअड्डामा भएको छलफल राती करिब ११ बजेसम्म चलेको बताइन्छ । छलफलमा सहभागी जेनजी अभियन्ता रक्षा बमका अनुसार प्रधानसेनापतिले रास्वपा, राजावादी समूह लगायतको कुरा पनि सुन्न सुझाव दिएका छन् ।
अभियन्ता बमले आफ्ूहरुले संविधान मान्ने र राष्ट्रको अभिभावक राष्ट्रपतिसँग वार्ता गर्ने कुरा राखेको बताइन् । जवाफमा प्रधानसेनापति सिग्देलले राप्रपालगायत राजावादीहरु र रास्वपादेखि सबैसँग संवाद गर्न सुझाव दिएको उनको भनाई छ । तर, जेनजी प्रतिनिधिहरुले जुनसुकै राजनीतिक पार्टीका मान्छे राखेर वार्ता नगर्ने अडान लिएका छन् ।