राजनीतिक दलहरूलाई पूँजीपतिको प्रभाव र नियन्त्रणबाट मुक्त गर्न नेत्रविक्रम चन्द विप्लवबाट सिक्नुपर्छ : महासचिव भूसाल
पढ्न लाग्ने समय :
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले नेपालका राजनीतिक दलहरूलाई दलाल पूँजीपतिको प्रभाव र नियन्त्रणबाट मुक्त गर्न नेत्रविक्रम चन्द विप्लवबाट सिक्नुपर्ने बताउनु भएको छ । आइतबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कपिलवस्तुको शिवराज नगरपालिका–९, शिवगढीमा गरिरहेको सामूहिक धान खेती अवलोकन गर्नेक्रममा यस्तो बताउनु भएको हो । उहाले पार्टीलाई सामूहिक उत्पादनमार्फत आत्मनिर्भर बनाई चन्दामुक्त बनाउने संकल्पका साथ विप्लवले गरिरहेको सामूहिक खेती प्रणाली नेपालका दलहरूलाई गतिलो पाठ भएको तर्क दिनु भयो ।
विप्लवको निवास समेत रहेको सो ठाउँमा नेकपाको केन्द्रीय उत्पादन विभागले ५ बिघामा धान खेती गरेको छ । धानसहित सबै खेती लगाउनेदेखि भित्राउनेसम्मका काम पार्टी नेता र कार्यकर्ताले गर्दै कम्युन शैलीको झल्को दिइरहेका छन् । दशैंको टिकाको दिन समेत विप्लवसहित नेता कार्यकर्ताले धान काटेका थिए ।