राजनीतिका लागि मात्रै राजनीति गर्दा देश बन्न सकेनः उपसभापति गुरुङ

Wednesday January 22, 2025

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिका लागि मात्रै राजनीति गर्दा देश बदलिन नसकेको बताउनुभएको छ । बुधवार नेपाली काँग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीति राजनीतिका लागि मात्रै गरिरहेको अवस्थाले देश बन्न नसकेको बताउनु भयो । उहाँले ऋण लिने तर ऋणको सही ढंगबाट सदुपयोग नगर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालको राजनीतिमा अहिले एकातिरबाट सरकार ढल्यो भन्ने भ्रम फैल्याउने र अर्कोतर्फबाट ढल्दैन भनेर स्पष्टीकरण दिइरहनुपरेको बताउनु भयो ।
उपसभापति गुरुङले भन्नुभयो, ‘अहिले वास्तवमा नेपालको राजनीतिमा एउटा कुनामा सरकार ढल्छ, ढल्छ, ढल्छ भनेर समाचार बनिरहने र अर्को कुनाबाट त्यसको प्रतिउत्तरका लागि सरकार ढल्दैन, ढल्दैन, ढल्दैन भन्ने समाचारहरु मात्रै सुन्नुपर्ने, पढ्नुपर्ने अवस्थामा कमसेकम आज नयाँ ढंगको कुरा सुन्न पाइयो । राजनीति राजनीतिका लागि मात्रै गरिरहेको अवस्थाले गर्दा अवस्था परिवर्तन गर्न सकेनौँ । व्यवस्था बदलने, अवस्था नबदल्ने पनि हामी आफैँ भन्छौँ नि । ऋण लिने अनि ऋणको सही ढंगबाट सदुपयोग नगर्ने हामी नै हौँ । हामीले प्रशस्त ऋणको भारी बोकिसक्यौँ ।’

उपसभापति गुरुङले पोखरा—मुग्लिङ सडक फोर लेन र मुग्लिङ—काठमाडौं डेडिकेटेड डबल लेन मात्रै बनाउने कुरा अव्यवहारिक रहेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।