रहेनन् ‘माइतीघर’का नायक सिपी लोहनी

Monday April 29, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का नायक सिपी लोहनीको सोमबार निधन भएको छ।

लोहनीको आज मध्यान्ह १.३० बजे मृत्यु भएको हो। विगत ६-७ वर्ष यता लोहनी पार्किन्सन तथा अल्जाइमर रोगबाट पीडित लोहनी केही दिन अगाडि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका थिए।

उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्तेष्टि गरिने जानकारी अभिनेता कृष्ण मल्लले जनाएका छन्। उनको पार्थिक शरिरलाई आज ३.३० बजे आर्यघाट पुर्‍याइने बताइएको छ।

सिपी लोहनीको नामले चर्चित उनको पूरा नाम चिदाम्बरम प्रसाद हो। अभिनेतासँगै गायकसमेत रहेका सिपीको ‘माइतीघर’ सिनेमामा काम गर्दैगर्दा आफ्नो समयकी चर्चित एवं सफल बलिउड अभिनेत्री माला सिन्हासँग प्रेम बसेपछि विवाह गरेका थिए।

‘माइतीघर’ सन् १९६६ मा रिलिज भएको थियो। लोहनी झ्याउरे गीतका जानकार हुन्। उनी ८६ वर्षका थिए।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।