रक्तसञ्चार सेवा नवनिर्मित भवन प्रदर्शनीमार्गबाट, बढे रक्तदाता

Wednesday December 11, 2024

पढ्न लाग्ने समय :


प्रदर्शनीमार्गमा बनेको नवनिर्मित भवनबाट नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा शुरु भएको छ । २०७२ सालमा गएको महाभूकम्पले रक्त सञ्चार भवनमा क्षति पुगेपछि सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएको नेपाल रेडक्रसले अब नयाँ भवन सेवा प्रदान गर्न शुरु गरेको हो । नेपाल रेडक्रसका निर्देशक पवनकुमार गुप्ताकाअनुसार भूकम्पबाट भवन क्षति भएपछि टेण्टमा बसेर सेवा गरेपश्चात बालकुमारीमा अस्थायी रुपमा सेवा दिएको बताउनु भयो । उहाँले त्यहाँ पनि ठाउँ नपुगेपछि सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएकोमा अहिले भूकम्पबाट क्षति भएको भवन नयाँ बनेसँगै नयाँ भवनबाट सेवा शुरु गरिएको बताउनु भयो । उहाँले अहिले रक्त सञ्चार सम्बन्धि सम्पूर्ण गतिविधिहरु प्रदर्शनीमार्गमा बनेको नयाँ भवनबाट भइरहेको बताउनु भयो । उहाँले प्रदर्शनीमार्गमा रेडक्रस आउँदा सेवाग्राहीको लागि सुविधा र पायक पर्ने स्थान भएको बताउनु भयो । उहाँले नयाँ भवनमा सेवा सरेसँगै सरकारले तोकेको मापदण्डमा काम गर्न सकिने अवस्था रहेको बताउनु भयो । सुविधा सम्पन्न भवनबाट सेवा दिन पाउँदा सहज भइरहेको उल्लेख गर्नुभयो ।

नेपाल रेडक्रसले नेपालमा पहिलो पटक २०२३ साल साउन १२ गते काठमाडौँमा वीर अस्पतालले उपलब्ध गराएको सानो कोठाबाट रक्तसञ्चार सेवा शुरु गरेको सेवा अहिले मापदण्ड पूरा गरेर सेवा दिने अवस्थामा आइपुगेको निर्देशक गुप्ताले बनाउनु भयो । उहाँले प्रदर्शनी मार्गमा सेवा शुरु भएसँगै रक्त संकलनमा समेत वृद्धि भएको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।