योग्यताका आधारमा त्रिविका पदाधिकारी अबिलम्ब नियुक्त गर्न चारजना पूर्वउपकुलपतिको आग्रह

Friday April 5, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका चारजना पूर्वउपकूलपतिहरूले योग्यताका आधारमा त्रिविका पदाधिकारीहरूको अबिलम्ब नियुक्त गर्न आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदाभक्त माथेमा, कमलकृष्ण जोशी र नविनप्रकाश जङ्ग शाहले शुक्रबार संयुक्त वक्तव्य जारी गरी योग्यताका आधारमा पदाधिकारी नियुक्त गर्न आग्रह गरेका हुन् ।

उनीहरूले नियुक्तिमा ढिलो भएको कारणबारे शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालय दुवै मौन रहेको पनि बताएका छन् । त्यसबाट त्रिविको शैक्षिक एवं प्रशासनिक कार्यहरूमा परिरहेका समस्याहरूप्रति जिम्मेवार व्यक्तिहरू चिन्तित नभएको उनीहरूको भनाइ छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।