योगदानमा आधारित बीमा प्रणाली विकास गर्नुको विकल्प छैनः मन्त्री पौडेल

Wednesday November 20, 2024

पढ्न लाग्ने समय :


स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित बीमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताउनुभएको छ । बुधवार भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष मुनिका क्यान्सर बिरामीलाई निःशुल्क उपचार सेवाको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नागरिकको सहभागिता हुनेगरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने स्थिति बनाउनुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य मन्त्रालयले मात्रै लागू गरेर बीमा प्रणालीको विकास नहुने भन्दै निजी क्षेत्र र अन्य सम्बन्धित निकायहरुले पनि सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा संगठित क्षेत्रमा, सरकारी क्षेत्रमा काम गर्नेहरुले तलवबाट दुई प्रतिशत बीमा बोर्डमा दिए बीमा कार्यान्वयनमा सहज हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिकको सहभागिता हुनेगरी हामीले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने स्थिति हुनुपर्छ । नागरिकको योगदानमा आधारित बीमा प्रणालीको विकास गर्नुको कुनै विकल्प छैन । अब हामीले ५ लाख हुनुपर्छ, हामीले ५ लाख मात्रै भनेको होइन, कसरी हुनुपर्छ पनि प्रष्ट ढंगले भनिरहेका छौँ । हामीले भनिरहेका कुराहरु स्वास्थ्य मन्त्रालयले मात्रै लागू गरेर सम्भव छैन । नेपालमा संगठित क्षेत्रमा, सरकारी क्षेत्रमा जागिर खाने सबैको तलवबाट दुई प्रतिशत बीमा बोर्डमा जानुपर्छ । यो स्वास्थ्य मन्त्रालयले मात्रै भनेर सम्भव हुन्छ ? गैरसकारी क्षेत्रमा, प्राइभेट क्षेत्रमा काम गर्ने सबैको तलवबाट दुई प्रतिशत बीमा कोषमा जाने व्यवस्था हुनुपर्छ । त्यसले मात्रै एक खर्ब १० अर्ब बीमा कोषमा जाने स्थिति बन्छ ।’

आजबाट भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, विपी कोईराला क्यान्सर अस्पताल, चितवन, कान्ति बाल अस्पताल, महाराजगञ्ज गरी तीन वटा अस्पतालहरुमा १४ वर्ष मुनिका क्यान्सरको समस्या भएका बालबालिकाहरुको निःशुल्क उपचार हुने पनि  मन्त्री पौडेलले जानकारी दिनुभयो । मन्त्री पौडेलले माघ २२ गते क्यान्सर निरोधक दिवसको दिन नेपालका १६ लाख किशोरीहरुलाई एचपिभी भ्याक्सिन दिने कार्यक्रम तय गरेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।