युवा संघले निकाल्यो मसाल जुलुस

Saturday March 28, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : नेकपा एमाले निकट जनवर्गीय संगठन युवा संघले देशै भरमा मसाल जुलुस निकालेको छ । युवा संघका नेता कार्यकर्ताहरूले जुलुस निकालेको हो।

एमालेका विभिन्न संगठनहरूले शनिवार दिउँसो अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा प्रदर्शन गरेका थिए। एमालेका कार्यकर्ताहरूले शनिवार प्रदर्शन गरेका थिए। उनीहरूले भोलि पनि प्रदर्शन गर्ने बताएका छन्। युवा संघका नेताहरूले दिएको जानकारी अनुसार, भोलिबाट हुने प्रदर्शन अझै आक्रामक हुनेछ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र काँग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन सुरु गरेको हो ।

 


भर्खर

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि