युवकमाथि छुरा प्रहार गर्ने एकजना पक्राउ

Tuesday July 12, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । प्रहरीले धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको तातोपानी नगरपालिका–४ घर भई कागेश्वरी मनोहरा नगरपालिका–५ टीकाथली बस्ने २७ वर्षीय दीपेश शाक्यलाई प्रहरीले पक्राउ गरेको हो ।

छुरा प्रहारबाट सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१४ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने २५ वर्षीय राजन श्रेष्ठ घाइते भएका छन् । उनलाई तत्कालै प्रहरी बृत्त बौद्धबाट प्रहरी अधिकृतसहितको प्रहरी टोलीले अस्पताल पुर्याएको छ ।

उनको साथबाट प्रहरीले २४ सेन्टिमिटरको छुरा र छुरा लुकाइएको सिरानीको खोल प्रहरीले बरामद गरेको छ । शाक्यमाथि ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।


भर्खर

तीन वटा थप अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन। नेपाल सरकार

बैतडीको पञ्चेश्वरका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर