युट्युब डाउन

Wednesday February 18, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : युट्युब सेवा नेपालसहित विश्वभर अवरुद्ध भएको छ। यसबाट लाखौँ प्रयोगकर्ताहरू प्रभावित भएका छन्।

अनलाइन आउटेज र्ट्याकिङ वेबसाइट ‘डाउनडिटेक्टर’का अनुसार, मंगलवार रातिदेखि समस्या सुरु भएको केही समयभित्रै २ लाख ८० हजारभन्दा बढी प्रयोगकर्ताले युट्युब नचलेको उजुरी दर्ता गराएका थिए।

मुख्यगरी युट्युबको मोबाइल एपमा समस्या देखिएको भए पनि धेरैले डेस्कटप वेबसाइटमा समेत अवरोध झेल्नुपरेको बताएका छन्।

यसैगरी, युट्युबको प्रिमियम सेवा ‘युट्युब टिभी’ मा पनि ७ हजारभन्दा बढी गुनासा परेका छन्।

अमेरिकाको न्युयोर्क, वासिङ्टन, सिकागो र लस एन्जलस जस्ता मुख्य सहरहरूमा यसको प्रभाव सबैभन्दा बढी देखिएको छ ।नेपालमा भने केही समय अवरुद्ध भएको युट्युब अहिले चलिरहेको छ। तर विश्वका अरु धेरै देशमा पूर्ण रुपमा समस्या समाधान नभएको समाचार एजेन्सीहरुले जनाएका छन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।