यातायात कार्यालय, धनगढीको ८ महिनाको आम्दानी ४८ करोड

Friday March 20, 2026

पढ्न लाग्ने समय :


धनगढी : यातायात कार्यालय, धनगढीले ८ महिनामा ४८ करोड आम्दानी गरेको छ। यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा ४८ करोड १९ लाख ५१ हजार राजस्व सङ्कलन गरेको हो।

विभिन्न शीर्षकबाट सो राजस्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन जोशीले बताए। सबैभन्दा बढी सवारीसाधनको करबाट ३७ करोड ८३ लाख र सबैभन्दा कम व्यावसायिक रजिस्ट्रेसन दस्तुरबाट १२ लाख राजस्व सङ्कलन भएको छ।

त्यस्तै चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, लाइसेन्स नवीकरण, जरिबाना, जाँचपास र लाइसेन्स प्रमाणीकरणबाट नौ करोड ३५ लाख ८२ हजार तथा यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट इजाजत) बाट  ८८ लाख २६ हजार राजस्व सङ्कलन भएको छ।

यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा राजस्वका विभिन्न शीर्षकबाट ७५ करोड ५६ लाख २७ हजार राजस्व सङ्कलन गरेको थियो। कार्यालयको बेरुजु रकम भने शून्य रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।