यसपटक भक्तपुरको लालकिल्ला भत्काउछौं
पढ्न लाग्ने समय :
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भरतबहादुर खड्काले आगामी मंसिर चारमा हुने निर्वाचनमा भक्तपुरको लालकिल्ला भत्काउने बताएका छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै खड्काले यसपटक भक्तपुरलाई लालकिल्लामुक्त बनाउने बताएका हुन् । खड्काले पटक पटक जितेका नेताले भक्तपुरको विकासका लागि कुनै काम नगरेकाले आफू अघि सरेको बताए । खड्का भक्तपुर क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारी गर्दैछन् ।