मेरिटोक्रेसी आलंकारिक भाषणको विषय होइनः प्रधानमन्त्री ओली

Sunday February 16, 2025

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा मेरिटोक्रेसीको कुरा बाहिर शब्दको राम्रो पोशाक देखाउने र भित्र अर्कै गर्ने गरिएको टिप्पणी गर्नुभएको छ ।  आईतवार प्रतिनिधि सभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मेरिटोक्रेसी आलंकारिक भाषणको विषय नभएको बतउनु भयो । उहाँले विश्वविद्यालयको व्यवसायिक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘माननीयजीको अर्को प्रश्न छ, विश्वविद्यालयमा मेरिटोक्रेसीबारे। मेरिटोक्रेसी आलंकारिक भाषणको विषय होइन, शब्दको राम्रो पोशाक लगाएर मेरिटोक्रेसी हुने भए आज विश्लविद्यालयमा जे भइरहेको छ, त्यस्तो हुन्थ्यो र ? बाहिर शब्दको राम्रो पोशाक देखाउने र भित्र अर्कै गर्ने भइरहेको थियो, आज त्यसको परिणाम विश्वविद्यालय र हाम्रा संस्थाहरूले भोगिरहेका छन्। हामी त्यस्ता संस्थाहरूमा व्यवसायिक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेका छौं।’
प्रधानमन्त्री ओलीले अध्यादेशहरु प्रक्रियाबाट पारित हुने बताउनु भयो । उहाँले २० वा २० प्रतिशत भए पुग्नेगरी राजनीतिक दलसम्बन्धी कानून नल्याउने प्रतिवद्धता जनाउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।