मुलुकमा एकात्मक शासन व्यवस्था शुरुवात गर्ने प्रयत्न हुँदैछः रेशमलाल चौधरी

Sunday February 9, 2025

पढ्न लाग्ने समय :


नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मुलुकमा दुई दलीय व्यवस्था शुरु गरेर एकात्मक शासन व्यवस्था शुरुवात गर्ने प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ । आईतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै संरक्षक चौधरीले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा एकात्मक शासन व्यवस्था लागू गर्ने प्रपञ्च रचिएको उल्लेख गर्दै उक्त जालो च्यात्न जरुरी रहेको बताउनु भयो । उहाँले अमेरिका र भारत दुई दल भएर मात्र विकसित नभएको उल्लेख गर्दै यस्तो व्यवस्था स्वीकार्य नहुने बताउनु भयो । नयाँ शक्तिहरु लोकतन्त्रको गहना भएको उहाँका भनाइ छ ।
उहाँले भन्नुभयो, ‘तपाई हामीले नेपाल जोगाउने, नेपाल बताउने, नेपालभित्रै हलो जोत्ने र साच्चिकै सुन्दर नेपाल बनाउने परिकल्पना गर्नुपर्छ । धेरै भयो क्या । आजभोलि त दुई दलीय मात्र भन्छन् । दुई दलीय भन्नेलाई इतिहास के हो थाहै छैन । हामी त जान्छौं । अमेरिकामा दुई दल मात्रै छन् त ? भारतमा दुई दलमात्रै छन् ? हामी त लोकतन्त्रका सुन्दर गहना हौं । यिनीहरुले बोल्नै दिँदैनन् । अहिले हामी बोल्न जान्नेलाई हटाएर दुई दल मात्रै भन्दैछन् । साच्चिकै एकात्मक शासन व्यवस्थाको शुरुवात गर्ने प्रयत्न हुँदैछ । यो जालो च्यात्नुपर्छ ।’

उहाँले नयाँ शक्तिहरु मिलेर सुन्दर नेपाल बनाउने परिकल्पना गरी अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।