मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदराबाद ७ विकेटले पराजित

Tuesday May 7, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । इण्डियन प्रमियर लिग आईपीएलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ ।

सोमबार मुम्बईस्थित वाङ्खडे क्रिकेट स्टेडियममा भएको खेलमा सूर्यकुमार यादवले ५१ बलमा शतकीय योगदान दिँदा घरेलु टोलीले गुमाइसकेको खेल जितेको हो । ५१ बल सामना गरेका सूर्यकुमार यादव १०२ बनाएर नटआउट रहे ।

सुरुमै घाइते भएका सूर्यकुमारले १२ चौका र ६ छक्का प्रहार गरे । उनलाई क्रिजमा साथ दिएका तिलक वर्माले पनि ३७ रन बनाए । तिलकले ६ वटा चौका प्रहार गरेका थिए ।

१७४ रनको लक्ष्य पछ्याएको मुम्बईले पाँचौँ ओभरमा पुग्दा तीन विकेटको क्षतिमा ३१ रन बनाएको थियो । इशान किसान, रोहित शर्मा र नमन धिर आट भएपछि क्रिकेटमा पुगेका सूर्यकुमार यादव र तिलक वर्माले १४३ रनको साझेदारी गरे ।

चौथो स्थानमा रहेरको हैदराबादले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । राम्रो ब्याटिङ चल्न नसकेको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८ रन बनाएपनि अन्य ब्याटरबाट राम्रो साथ पाएनन् ।

सँगै आएका ओपनर अभिषेक शर्मा ११, मायंक अगरवाल ५, नितिस कुमार रेड्डीले २०, हेनरिच क्लासेनले २, मार्को यान्सेनले १७, शहबाज अहमेदले ३ रन बनाए । अन्तिममा कप्तान प्याट कमिन्सले ३५ रन बनाएर हैदराबादलाई बलियो योगफल दिलाएका थिए ।

बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्या र पियुश चावलाले तीन तीन विकेट बाँडे । प्लेअफमा पुग्ने ढोका बन्द भइसकेको मुम्बईले १२ खेलबाट आठ अङ्क जोडेको छ । ११ खेल खेलेको हैदराबादको १२ अङ्क छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।