मापदण्डविपरीत शुल्क लिने विद्यालयलाई सचेत गराइने

Wednesday April 26, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । नेपाल राष्ट्रिय अभिभावक संघले विद्यार्थी भर्ना अभियानसँगै तोकिएको मापदण्डविपरीत शुल्क लिने विद्यालहरूलाई सचेत गराउने भएको छ ।

संघको हालै सम्पन्न छैटाैँ राष्ट्रिय अधिवेशन लगत्तै बसेको केन्द्रीय समितिले बैठकले शैक्षिक सवालमा गम्भीरतापूर्वक अघि बढ्न निर्णय गरेको संघका राष्ट्रिय अध्यक्ष कोषबहादुर जिसीले जानकारी दिए । यस्तै, संघले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम अनिवार्य लागू गर्ने गराउने सवालमा सम्बन्धित सरोकारवालाहरूको ध्यानाकर्षण पनि गराउने जनाएको छ । साथै संघीय शिक्षा ऐन जारी गर्ने गराउने विषयमा नेपाल सरकारसँग अपिल गर्ने पनि संघले निर्णय गरेको छ ।

विद्यालयलाई शान्ति क्षेत्र बनाई बालबालिकाहरूलाई निर्बाध ढंगले पढ्ने पढाउने वातावरणमा सहयोग पुर्याउने तथा शैक्षिक गुणस्तरलाई युग सुहाउँदो अभिवृद्धि गर्ने काममा शैक्षिक संस्थाहरूसँग सहकार्य गरी शैक्षिक सुधारमा आवश्यक भूमिका निर्वाह गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष जिसीले जानकारी दिए । अधिवेशनले १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

नेपाल राष्ट्रिय अभिभावक संघको यही बैशाख २ गते काठमाडौंको धुमबाराहीमा सम्पन्न भएको छैटाैँ राष्ट्रिय अधिवेशनले कोषबहादुर जिसीको अध्यक्षतामा केन्द्रीय समिति निर्वाचित गरेको थियो ।

राष्ट्रिय अधिवेशनपछि वैशाख ९ गते बसेको केन्द्रीय समितिको पहिलो बैठकले केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।