मानव अधिकार हनन कर्ताहरुलाई कानूनको दायरामा ल्याउँछौँः प्रधानमन्त्री ओली

Wednesday March 5, 2025

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मानव अधिकारको रक्षा गर्ने बताउनुभएको छ ।  बुधवार काठमाडौंमा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि मानव अधिकारको बारेमा बोल्यो भने धम्क्याउने गरेको बताउनु भयो । उहाँले यस्ता असामाजिक क्रियाकलापहरु मानव अधिकारको बिरुद्ध रहेको जिकिर गर्नुभयो । सरकारले मानव अधिकार रक्षकहरुको, मानव अधिकारका लागि लड्ने योद्धाहरुको सम्मान गर्ने पनि बताउनु भयो । मानव अधिकार रक्षकहरुको सुरक्षा सरकारले गर्ने र कानूनमा कुनै कमी भए सरकारले समाधान गर्ने बताउनु भयो । मानव अधिकार हनन कर्ताहरुलाई कानूनको दायरामा ल्याइने प्रतिवद्धता जनाउनु भयो । इमान्दार भएर सही उद्देश्यका लागि संघर्ष गर्नु सजिलो नभएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले पनि मानव अधिकारको बारेमा बोल्यो भने, सत्य कुरा बोल्यो भने धम्क्याउने, धम्क्याउने पनि साधारण धम्की होइन, अत्यन्तै अमानवीय धम्की आउँछन् । यस्ता असामाजिक खालका क्रियाकलापहरु मानवहरुका बिरुद्ध छन् । हामी मानव अधिकार रक्षकहरुको, मानव अधिकारका लागि लड्ने योद्धाहरुको सम्मान गर्दछौँ । सुरक्षा प्रदान गर्दछौँ । उनीहरुको सुरक्षाका लागि सरकारले काम गर्दछ । कानूनमा कमी छ भने त्यस्ता कमीहरु सरकारले हटाउँछ र मानव अधिकारको रक्षा गर्दछ, मानव अधिकार डिफेण्डरको रक्षा गर्दछ । मानव अधिकार हनन कर्ताहरुलाई कानूनको दायरामा ल्याउँछ । यो अहिलेको सरकारको मानव अधिकार सम्बन्धी नीति हो । थुप्रै अग्रजहरुले मानव अधिकारका निम्ति धेरै योगदान गर्नुभएको छ । उहाँको आदार, सम्मान गर्न चाहन्छु । इमान्दार भएर सही उद्देश्यका लागि संघर्ष गर्नु सजिलो छैन । संघर्षका नाममा नक्कली झ्याली पिटाउनु, झुट, भ्रम फिँजाउनु, भ्रमको बादल छर्नु सजिलो हुन्छ । जे बोल्दा पनि हुनेकुरा गर्न सजिलो हुन्छ । तर निर्दिष्ट गन्तव्यका साथ अघि बढ्नु, त्यसका लागि संघर्ष गर्नु, भ्रम चिरेर सही बाटोमा देशलाई अघि बढाउनु सजिलो कुरा होइन ।’

प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउन मानव अधिकार विस्तृत रुपमा प्रत्याभुति नभइ सम्भव नरहेको बताउनु भयो ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ