माओवादी केन्द्रिय समिति बैठक पुस २१ गतेदेखि

Friday December 13, 2024

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले स्थानीय तहको उपनिर्वाचनमा पार्टीले उत्साहजनक मत पाएको निस्कर्ष निकालेको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको बैठकले जनताले एकचोटि फेरि माओवादी केन्द्रलाई साथ दिने मनशाय बनाएको सन्देश उपनिर्वाचनले दिएको निस्कर्ष निकालेको हो । स्थायी समिति बेठकका निर्णय सुनाउँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसदका दुई ठूला दल काँग्रेस र एमाले मिलेर जाने सोचलाई उपनिर्वाचनले खण्डित पारेको बताउनु भयो ।

वर्तमान सरकार टं«कलाइनको महशुल उठाउनको लागि विद्युत प्राधिकरणले गरेको प्रयत्नमा अवरोध सिर्जना गर्ने, विश्वविद्यालयका नियुक्तिमा दबाब दिनेदेखि हरेक निकायहरुमा हस्तक्षेप तिब्र बढेको भन्दै पार्टीले आपत्ति जनाएको सापकोटाले बताउनु भयो । उहाँकाअनुसार पुस २१ गतेदेखि  पार्टीले  केन्द्रिय समिति समेत बोलाएको छ । त्यसअगाडि पुस १७, १८, १९ र २० गते स्थायी समिति बैठक बोलाएको बस्ने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आजको बैठकको मुख्य एजेण्डा भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनका बारेमा छलफल गर्ने थियो । उपनिर्वाचनको परिणामले उत्साहको वातावरण सिर्जना गरेको छ । त्यस्तै काँग्रेस र एमाले मिलेर दुई दल एकातिर जाने सोच बनाएका थिए त्यो सोचलाई खण्डित गरेको छ । र अहिले काँग्रेस र एमालेको दुई तिहाईको सरकारले जसरि जनताको हितविपरित काम गरिरहेको छ । सुशासनका विरुद्धमा कामहरु भइरहेका छन् । टं«कलाइनको महशुल उठाउनको लागि विद्युत प्राधिकरणले गरेको प्रयत्नमा अवरोध सिर्जना गर्ने काममा गरेको छ  । मन्त्री नै प्राधिकरणमा कार्यकक्ष खोलेर बसेका छन् । विश्वविद्यालयका नियुक्तिमा दबाब दिनेदेखि हरेक निकायहरुमा सरकारको हस्तक्षेप तिब्र बढेको छ, त्यसमा पार्टीले आक्रोस व्यक्त गरेको छ ।  संघीय संसदका दुवै सदनको बैठक बस्ने बेला पनि भएको छ । त्यसमा पनि प्रभावकारी हस्तक्षेपको प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने निर्णय भएको छ । अहिले राष्ट्रिय परिस्थिति एकदमै प्रतिकुल हुँदै गइरहेको अवस्थामा छ । अन्तर्राष्ट्रिय परिस्थिति पनि एकदमै पेचिलो बन्दै गइरहेको छ । यो अवस्थामा पार्टीले आफ्नो भुमिकालाई गुणात्मक रुपमा बढाउनुपर्छ भन्ने निर्णय गरेको छ । र अर्को चाहीँ, हामीले पार्टीको केन्द्रिय समितिको बैठक पुसको २ गते बस्ने भनेका थियौं । अहिले पालिका सम्मेलन चलिरहेको हुनाले मंसिर मसान्तभित्रमा सक्ने भनेपनि केही कारणले सम्पन्न हुनसक्ने स्थिति नबनेका कारणले अन्तिम तयारीका लागि स्थायी कमिटिको बैठक मंसिर १७, १८,१९ र २० गते बस्ने  र केन्द्रीय समितिको बैठक २१ गते बस्नेगरि निर्णय भएको छ ।’ 

बैठकले पार्टीका तर्फबाट भएका कमिकमजोरहिरुको समिक्षा गर्ने र जनताको हितमा समर्पित हुँदै जनतासँगको सम्बन्धलाई सुदृढ बनाउने निर्णय समेत गरेको सापकोटाले बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।