महिला सशक्तिकरण सोच, व्यवहार र प्रश्तुतिमा देखिनुपर्छः परराष्ट्रमन्त्री

Saturday March 8, 2025

पढ्न लाग्ने समय :


परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिला सशक्तिकरण सोच, व्यवहार र प्रस्तुतिमा देखिनुपर्ने बताउनुभएको छ । शनिवार ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले परिवारमा महिलाको आवाज महत्वपूर्ण छ कि छैन भनेर खोजी गर्ने समय आएको बताउनु भयो । उहाँले महिलाले आफ्नो अधिकार आत्मविश्वासका साथ सदुपयोग गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘परिवारमा पनि महिलाको अवाज कति महत्वपूर्ण छ कि छैन ? पूजाआजालगायत सामाजिक कार्यमा महिलाले भनेको कुरा सुनिन्छ । तर अरु आर्थिक कुराहरु, घरका बारेमा, कुनै बच्चाको पढाईका बारेमा महिलाको अवाज सुनिन्छ कि सुनिदैन ?  त्यो भित्र पनि महिलाले आफूलाई खोज्ने र आफूलाई राख्ने प्रयास गर्नुपर्छ । समाजमा, हाम्रो कम्युनिटीमा र देशमा यो सशक्तिकरण भन्ने कुरा हामीलाई हातमा दिनेबित्तिकै प्राप्त गर्ने र टोपी लगाएको जस्तो दौडिने कुरा होइन । यो भित्रैदेखि आफ्नो व्यवहार, आफ्नो सोच र आफ्नो प्रस्तुतिमा आउने कुरा हो र आत्मविश्वासको कुरा हो ।’

परराष्ट्रमन्त्री डा. राणाले समानताको हिसावले महिलाले प्राप्त गरेको अधिकार आफूले उपभोग गरेको अनुभुति हुनु पर्ने बताउनुभयो । महिलाहरुले आफूप्रति सम्मान र आत्मविश्वाससहित अघि बढ्नु पर्नेमा जोड निुभयो ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका