महिला, बालबालिका, हत्या, हिंसा, बलात्कारका विषयमा सभामा उठेका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ

Sunday March 9, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय सभाले महिला, बालबालिका, हत्या, हिंसा, बलात्कारका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेको छ । सभाको तर्फबाट आईतवारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शुन्य र विशेष समयमा सांसदहरुले सभाको बैठकमा उठाउनुभएका महिला, बालबालिका, हत्या, हिंसा, बलात्कार लगायतका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो ।

बैठकमा अध्यक्ष दाहालले शिक्षकहरुको आन्दोलन, स्वर्गद्वारी गुठीका समस्या, दलित, आदिवासी, जनजाति, किसानका समस्या, सुशासन, सेवा प्रवाह लगायतका समसामयिक विषयमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै राष्ट्रिय सभाको नियमावलीले तोकेको समयावधि भित्र सभामा आइ जवाफ दिन नेपाल सरकार र सम्बन्धित मन्त्रीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा साथै शुन्य समय र विशेष समयमा मान्य सदस्यहरुले आफ्ना भनाइ राख्ने क्रममा उठाउनुभएका महिला, बालबालिका, हत्या, हिंसा, बलात्कार लगायतका विषय, शिक्षकहरुको आन्दोलन, स्वर्गद्वारी गुठीका समस्या, दलित, आदिवासी, जनजाति, किसानका समस्या, सुशासन, सेवा प्रवाह लगायतका समसामयिक विषयमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै राष्ट्रिय सभाको नियमावलीले तोकेको समयावधि भित्र सभामा आइ जवाफ दिन नेपाल सरकार र सम्बन्धित मन्त्रीहरुलाई आग्रह गर्दछु ।’
राष्ट्रिय सभाको अर्को बैठक चैत्र ४ गते सोमवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।