महाकाली नदीमा व्यावसायिक रुपमा ¥याफ्टिङ सञ्चालनमा

Tuesday March 17, 2026

पढ्न लाग्ने समय :


धनगढी : महाकाली नदीमा व्यावसायिक रुपमा ¥याफ्टिङ सञ्चालनमा ल्याइएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टी क्षेत्रबाट ¥याफ्टिङ सञ्चालनमा ल्याइएको हो।

पानी सप्ताहको अवसर पारी निड्स नेपाल, होटेल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायी सँगको सहकार्यमा साहसिक जलयात्रा सञ्चालनमा ल्याइएको छ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले सन् २०१७ मा महाकाली बहुउपयोगी परियोजना अन्तर्गत ¥याफ्टिङको सम्भाव्यता अध्ययन गरिएकोमा सन् २०२१ मा यसको सफल परीक्षण गरिएको बताए। त्यस यता विभिन्न कारणले ¥याफ्टिङ सञ्चालनमा नआए पनि सोमवारदेखि विभिन्न सङ्घ संस्थाको पहलमा व्यावसायिक रूपमा राफ्टिङ सुरु गरिएको उनले बताए।

हाल अड्रिफ्ट एडभेन्चर प्रालिअन्तर्गत दुई वटा ¥याफ्टिङ बोट सञ्चालनमा ल्याइएको जनाइएको छ। ¥याफ्टिङ सञ्चालनमा आएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ।

स्थानीय युवाहरूले रोजगारी पाउने अपेक्षासमेत गरिएको छ। ¥याफ्टिङ सञ्चालनका लागि स्थानीय चालक किसन भट्टलाई जिम्मेवारी दिइएको छ।

पाँचदेखि १० जनासम्मको समूहले प्याकेज खरिद गरी ¥याफ्टिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ। भारततर्फबाट भने दुई वटा कम्पनीले सन् २०१५ देखि नै नियमित रूपमा ¥याफ्टिङ सञ्चालन गर्दै आएका छन्। होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले पर्यटन प्रवद्र्घन गर्नका लागि निजी क्षेत्र तयार रहेको बताए।

करिब २५ वर्षदेखि नेपालका ठूला नदीमा ¥याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएको नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सीका निवर्तमान अध्यक्ष शिव अधिकारीले कम जोखिम तथा सहज जलयात्रा रुचाउने पर्यटकका लागि महाकाली उपयुक्त नदी रहेको बताए।

स्थानीय तहका प्रमुखले पनि ¥याफ्टिङ पर्यटनको प्रवद्र्घनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले ¥याफ्टिङ विकास तथा प्रचारप्रसारका लागि पालिका सहकार्य गर्न तयार रहेको बताए। भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले ¥याफ्टिङ व्यवसाय प्रवद्र्घन तथा आवश्यक पूर्वाधार निर्माणमा पालिकाले थप सहयोग प्रदान गर्ने बताए।

 


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको