मनोज पाण्डेलाई थुनामा पठाउने अदालतको आदेश

Monday June 20, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । आठ वर्षअघि सौन्यर्य प्रतियोगताकी सहभागी युवतीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

काठमाडौं जिल्ला अदालतले पाण्डेलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध २ वटा कसुरमा १८ वर्ष कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । पाण्डेविरुद्ध मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद सजायको मागदाबी गरिएको छ ।

जिल्ला अदालतले पाण्डेलाई मानव बेचबिखनको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। बाल यौन दुर्व्यवहारको कसुरमा भने १ लाख धरौटी माग गरिएको छ । शरीर बन्धक बनाइ नाबालिगलाई शारीरिक शोषण गरेको लगायतको अभियोगमा उनलाई १० देखि १५ वर्ष कैद सजायको माग दाबी गरिएको छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगिताका सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि लागेको थियो। पीडितले घटना सार्वजनिक गरेपछि फरार रहेका पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो । पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन्।


भर्खर

तीन वटा थप अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन। नेपाल सरकार

बैतडीको पञ्चेश्वरका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर