मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जना सिफारिस

Friday April 19, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका लागि प्रा डा धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्काको नाम सिफारिस गरिएको हो ।

गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक, सिंह मध्यपश्चिमका पूर्वउपकुलपति र खड्का पूर्वडिन हुन् । उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेको हो ।

विज्ञहरुबाट प्रतिस्पर्धीको मूल्यांकन गरिएको समितिले जनाएको छ । उपकुलपतिमा १० जनाले आवेदन दिएका थिए ।


भर्खर

नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह

काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले देशभर विभिन्न ठाँउमा लागेको डढेलो नियन्त्रण गर्न र

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा । बाजुरा जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले

भिक्षु धर्ममूर्तिको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती समारोह समिति गठन

काठमाडौँ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती व्यवस्थापन