मधेसका शहीदका सपना अझै पूरा भएनन्ः लोसपा उपाध्यक्ष गुप्ता

Saturday January 18, 2025

पढ्न लाग्ने समय :


लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १८ औं बलिदानी दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ । शनिवार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा लोसपाले शहीदहरुको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर बलिदानी दिवस मनाएको हो । सो अवसरमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उपाध्यक्ष श्याम गुप्ताले महिला, मधेसी, जनजाति दलिहरुका मुद्दा अझै पूर्ण रुपमा सम्बोधन हुन नसकेको बताउनु भयो । उहाँले मधेसका शहीदका सपना सरकारले अझै पूरा गर्न नसकेको बताउनु भयो । वर्तमान सरकार र सिंगो देशले संविधान संशोधन गर्ने कुरा उल्लेख गरिसकेको भन्दै नेपाली जनताको मागअनुसार संविधान संशोधन हुनुपर्ने माग गर्नुभयो ।

मधेस केन्द्रित दलहरुले आज प्रथम मधेस आन्दोलनको १८ वर्ष पूरा भएको अवसरमा बलिदानी शहीद दिवस मनाइरहेका छन् । शहीद रमेश महतोको सहादत तथा आन्दोलनको सुरुवात भएको सम्झनामा माघ ५ गतेलाई मधेस प्रदेश सरकार र मधेस केन्द्रित दलहरु बलिदानी दिवसको रुपमा मनाउने गर्दछन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।