मतदान केन्द्रमा मोबाइल, क्यामेरा नलग्न प्रशासनको आग्रह

Wednesday March 4, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुर: बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोबाइल, क्यामेरा लगायतका निषेधित सामग्री साथमा नलान जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ। मतदानका लागि मतदान केन्द्रमा जाने मतदाताले निषेधित सामग्री नलग्न प्रशासनले आग्रह गरेको हो ।

बुधबार सूचना गर्दे सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिहरूले सलाई, लाइटर, प्रज्वलनशील ठोस वा तरल पदार्थ , फोटो खिच्ने क्यामेरा, मोबाइल वा अन्य निषेधित वस्तुहरू नलिई प्रवेश गर्न आग्रह गरेका छन।

साथै, सूचना विपरीत कसैले मोबाइल फोन लगायतका निषेधित वस्तुहरू आफ्नो साथमा लिई मतदान केन्द्र मतदान कक्षमा प्रवेश गरेमा तत्काल जफत गरी कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी समेत दिएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।