मंसिर तेस्रो सातादेखि काया कप यु–१६ अन्तरविद्यालय फुटबल

Sunday November 10, 2024

पढ्न लाग्ने समय :


आगामी मंसिरको तेस्रो सातादेखि काया कप यु–१६ अन्तर विद्यालय सेभेन ‘ए’ साइड फुटसल प्रतियोगिता हुने भएको छ । काया स्पोर्ट्सको आयोजनामा ग्रासरुटदेखि नै नेपाली फुटबलको विकास गर्ने उद्देश्य साथ उक्त प्रतियोगिता हुन लागेको हो । काया स्पोर्ट्सले आईतवार नेपाल खेलकुद पत्रकार मञ्चमा एक कार्यक्रम आयोजना गर्दै प्रतियोगिताका बारेमा जानकारी दियो । कुल ३२ विद्यालयले प्रतिष्पर्धा गर्ने प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ । काठमाडौंको बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा प्रतियोगिताका खेल हुनेछन् । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् ।
प्रत्येक टोलीले कम्तीमा पनि तीन खेल खेल्न पाउनेछन् । प्रतियोगिताको समूहचरणका खेल मंसिर १७ र १८ गते हुनेछन् । नकआउट चरणको खेल भने मंसिर २० गते  र फाइनल २२ गते गर्ने आयोजकले जनाएको छ । फुटसल प्रतियोगितासँगै सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले नेपाली महिला भलिबलमा छुट्टै पहिचान बनाएको न्यु डायमण्ड युथ स्पोर्टस क्लबलाई पनि सहयोग गर्ने आयोजकले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।