भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागेको छः अध्यक्ष लिङदेन

Friday January 31, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको आरोप लगाउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाउनुभएको हो । उहाँले अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको महशुस गरेको उल्लेख गर्नुभयो । उहाँले निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धि सुनाएको बताउनु भयो ।

उहाँले सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु र विद्युत व्यापारको लागि बंलादेशसँग सम्झौता हुने थिएन ? भन्दै सरकारलाई प्रश्न गर्नुभयो । अध्यक्ष लिङदेनले काँग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी सुन्दा मुलुकमा सरकार छैन भने अभास भएको बताउनु भयो । उहाँल सरकारले नियमित कुरालाई पनि उपलब्धी देखाएको बताउनु भयो । उहाँले सरकारले सुशासनको क्षेत्रमा कुनैपनि काम गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले निरासा जनतलाई आशा जगाउन समेत सरकारले नसकेको बताउनु भयो । उहाँले मुलुकमा विदेशी मुद्रा सञ्चिति बढेको वर्तमान सरकारको कारणले नभइ नेपाली जनता बेचेर आएको दाबी गर्नुभयो । उहाँले सरकारले रेमिट्यान्स मार्फत आएको पैसा समेत खर्च गर्न नसकेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धी सुनायो । यो सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु हुने थिएन ? विद्युत व्यापारको लागि बंलादेशसँग सम्झौता हुने थिएन ? काँग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी यही हो । यो हर्ने हो भने मुलुकमा सरकार छैन भने हुन्छ । सरकारले नियमित कुरालाई पनि उपलब्धी भन्ने यस्ता धेरै कुराहरु हुनेछन् र गर्नुपर्ने छ । सुशासनको क्षेत्रमा वर्तमान सरकारले के ग¥यो । निरासा जनतलाई आशा जगाउने के काम ग¥यो ? देशभित्र कति मान्छेको लागि रोजगारी सिर्जना र अर्थतन्त्रमा के सुधार ग¥यो ? अहिले बैंकमा विदेशी मुद्रा सञ्चिति बढेको छ ।

यो सरकारको कारणले भएको हो ? यो हाम्रा भाइ छोरा बेचेर आएको पैसा हो ? सरकारले आएको पैसा खर्च गर्न सकेको छैन भनौं । साढे ६ महिनाको वर्तमान सरकारको समय निरासाजनक छ । हामी चाहन्छौं । काँग्रेस एमाले जस्तो पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ । सरकारको विरोध मात्रै गर्दैनौं सुधारको अपेक्षा पनि गछौं । तर अहिलेसम्मको स्थिति हेर्दा भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागि रहेको जस्तो लाग्छ । भ्रष्टाचार सम्बन्धि ऐन पेश हुँदा कुनै पनि पदाधिकारी पदबाट विदा भएपछि पाँच वर्षभित्रमा उजुरी हुनुपर्छ भनिएको थियो । तर प्रधानमन्त्रीले प्रतिवाद गर्नुभयो ।’
उहाँले सरकारको साढे ६ महिनको समय निरासाजनक रहेको बताउनु भयो । उहाँले काँग्रेस एमाले जस्तो पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनसक्नुपर्ने बताउनु भयो । उहाँले राप्रपाले सरकारको विरोध मात्रै गर्ने भन्दै सुधारको अपेक्षा गरेको बताउनु भयो । उहाँले नेपाल प्रहरीका आइजीपीमाथि पनि छानबिन हुनुपर्ने बताउनु भयो । उहाँले सम्पती शुद्धीकरणमा सरकारले रवि लामिछानेमाथि चलाउनु स्वाभाविक भएपनि अरु माथि पनि छानबिन हुनुपर्ने उल्लेख गर्नुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।