भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

Friday April 26, 2024

पढ्न लाग्ने समय :


टक्सार । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा सहलेश युवा क्लब सिरहालाई २–१ गोलअन्तरले हराउँदै चर्च ब्वाइज युनाइटेड काठमाडौँले फाइनलको यात्रा तय गरेको हो ।

खेलको ३१औँ मिनेटमा सहलेश युवा क्लबका तर्फबाट आशीष चापागाईंले गोल गर्दै टोलीलाई अग्रता दिलाए तर ब्वाइज युनाइटेडका लागि नवीन लामाले ४३औँ मिनेटमा ‘पेनाल्टी’मार्फत गोल गरेपछि पहिलो हाफमा खेल बराबरीमा पुगेको थियो ।

खेलको अतिरिक्त समय ब्वाइज युनाइटेडका लागि अर्मानले गोल गरेपछि टोली फाइनलमा प्रवेश गरेको हो । ‘प्लेयर अफ दी म्याच’ चर्च ब्वाइजका अवोयोमी भए । उनले रु पाँच हजार र पदक प्राप्त गरे ।

कूल आठ टोलीको सहभागी प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइलनमा भगवती स्पोर्टस क्लब खोटाङलाई ‘पेनाल्टी सुट आउट’मा हराउँदै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको थियो । उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँ बीचमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः रु पाँच लाख र रु तीन लाख पाउनेछन् । यही वैशाख ९ गतेदेखि सुरु प्रतियोगितामा ‘ए’ डिभिजनका दुई टोली त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, भारतको जर्जियन फुटबल क्लब, खोटाङ भगवती स्पोर्ट्स क्लब, सलहेश युवा क्लब सिरहा, राजारानी फुटबल क्लब धनकुटा, डाँगिहाट युथ क्लब मोरङ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ गरी आठ टोलीको सहभागिता थियो ।

भोजपुर जिल्ला फुटवल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता भइरहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।