भोजपुर गोल्डकप वैशाख दोस्रो साता देखि

Saturday April 13, 2024

पढ्न लाग्ने समय :


भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता वैशाख ९ गतेदेखि १५ गतेसम्म हुने भएको छ ।

भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टोलीको सहभागिता रहने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले जनाएको छ ।

गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउने जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौँ, चर्च व्बाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ आठ टोलीको सहभागिता रहने छ ।

प्रतियोगिता सञ्चालनका लागि रु ४९ लाख २५ हजार पाँच सय लागत अनुमान गरिएको भोजपुर जिल्ला फुटबल सङ्घका महासचिव तुफान किराँत बान्तावाले बताए। जसमा भोजपुर नगरपालिकाले विनियोजन गरेको रु ३० लाख र बाँकी रकम प्रायोजकहरुबाट सङ्कलन गरिने उनको भनाइ छ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकले पुरस्कार पाउनेछन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।