भोजपुर गोल्डकप : धनकुटालाई हराउँदै खोटाङ भगवती सेमिफाइनलमा

Monday April 22, 2024

पढ्न लाग्ने समय :


टक्सार (भोजपुर) । भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा धनकुटाको राजारानी फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दे खोटाङको भगवती स्पोर्टस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

भोजपुर नगरपालिका-७, कोदार रङ्गशालामा भएको खेलमा दुवै टिमका तर्फबाट पहिलो हाफसम्म कुनै गोल हुन सकेको थिएन । दोस्रो हाफमा खोटाङका तर्फबाट जर्सी नम्वर नौ का मार्टिनले दुई गोल गरेका थिए । धनकुटाका तर्फबाट जर्सी नम्बर २३ का सुनिल खड्काले एक गोल मात्र फर्काउन सफल भए ।

प्रतियोगिताको म्यान अफ द म्याच खोटाङका मार्टिन भएका छन् । उनले नगद पाँच हजार र मेडल प्राप्त गरे । आजको खेलका विजेता खोटाङको भगवती स्पोर्टस क्लबले पहिलो खेलको बिजेता त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मीले भारतको जर्जियन फुटबल क्लबलाई शून्यका विरुद्ध चार गोल गर्दे सेमिफाइनलको यात्रा तय गरेको थियो ।

मङ्गलबारको तेस्रो खेल सलहेश युवा क्लब सिरहा र डाँगीहाट युथ क्लब मोरङका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालले जानकारी दिए । फाइनल खेल आगामी वैशाख १५ गते हुनेछ । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउनेछन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।