भीषण पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध

Tuesday September 16, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ ३१ गते । भारी वर्षासँगै भीषण पहिरो खसेपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । मंगलबार बिहान ९ बजेतिर बैतडीको दोगडाकेदार गाउपालिका–५ सलसेना, साजाधारमा पहिरो खसेको स्थानीयले बताए । पहिरोका कारण सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध भएको छ ।

महाकाली लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्ड अन्तर्गत सलसेनामा पहिरो खसेपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि दार्चुलाबाट विभिन्न जिल्लाका लागि छुटेका गाडी, बैतडी तथा तराईका जिल्लाहरुबाट दार्चुलाका लागि गएका गाडीहरु बीच बाटोमा रोकिएका छन् । बैतडी जिल्ला प्रहरी कार्यालयले पन्छ्याउन दोगडाकेदार गाउँपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको जनाएको छ ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।