भीम रावलबारे एमाले नेताहरुः पार्टी निर्णयविरुद्ध लाग्दा निष्कासित गर्नु सामान्य र औपचारिक प्रक्रिया

Sunday January 5, 2025

पढ्न लाग्ने समय :


नेकपा (एमाले) का नेताहरुले पार्टीबाट पूर्वउपाध्यक्ष डा. भीम रावललाई निष्कासन गर्नु औपचारिक र सामान्य प्रक्रिया भएको बताउनुभएको छ । आईतवार केन्द्रिय कमिटिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँहरुले यस्तो बताउनुभएको हो । केन्द्रिय सदस्य महेश बस्नेतले विगत तीन वर्षदेखि पार्टी गतिविधिमा सक्रिय नहुनु भएको र पार्टी निर्णयको विरोधमा उत्रिएपछि कारबाही गरिएको बताउनु भयो । उहाँकाअनुसार पार्टीले सोधको स्पष्टिकरण समेत नदिएको र अर्कै देशव्यापी अभियान सञ्चालन गर्न लागेको सूचना पाएपछि रावललाई पार्टीबाट निष्कासन गरेको हो ।

उहाँले भन्नुभयो, ‘हामीले पार्टीको दशौं महाधिवेशनमा उपाध्यक्ष बन्नको लागि निकै अनुनय विनय ग¥यौं हामीले । उहाँले पार्टी अध्यक्ष बन्ने तिव्र इचछा जनाउनु भयो । पार्टी अध्यक्षबाट पराजित भइसकेपछिको पहिलो केन्द्रीय कमिटिको बैठकमा नै हामीले उहाँलाई केन्द्रिय सदस्यको रुपमा पार्टीमा काम गर्न अनुरोध ग¥यौं । उहाँले त्यो प्रस्तावलाई स्विकार गर्नुभएन । त्यसपछि उहाँलाई सल्लाकार समितिमा बस्ने भुमिका दियौं ।  त्यो पनि उहाँले स्वीकार्नु भएन । तीन वर्षदेखि उहाँ पार्टीको कुनै गतिविधिमा रहनु भएन । र पार्टीका हरेक निर्णय र हरेक राम्रा गतिविधिका विरुद्धमा उहाँ लाग्नुभयो । स्पष्टिकरण सोध्दा दिनु भएन । उहाँले आफूलाई नै निस्क्रिय बनाउनुभएको थियो । उहाँले नयाँ अभियान सञ्चालन गर्ने सूचना पार्टीले पाएपछि निष्कासन गरेको हो । यो एकदमै सामान्य र औपचारिक प्रक्रिया हो ।’

सांसद योगेश भट्टराईले उहाँलाई अगामी राजनीतिक बाटो अवलम्वन गर्न सजिलो होस् भनेर एमालेले निकास दिएको बताउनु भयो । उहाँले रावलले कम्युनिष्ट विचार र कम्युनिष्ट आन्दोलन छोडेको विषयले नै उहाँ एमालेबाट राजिखुशी निस्किनुभएको स्पष्ट भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिमा उहाँले नै कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट विचार छोडेको कुराहरु आइरहेको छ । यसबाट नै पुष्टि हुन्छ उहाँ राजिखुशीले नै उहाँलाई राजनीतिक बाटो अवलम्वन गर्न सजिलो होस भने नै नेकपा एमालेले निकास दिएको हो ।’

पार्टी गतितिविधिमा सक्रिय नहुने र पार्टीको विधान नमान्ने जोकोहीलाई कारबाही गरिनु सामान्य विषय भएको उहाँको भनाइ छ ।


भर्खर

मदिराको नसामा शिक्षकद्वारा श्रीमतीको हत्या

डोटीमा मदिराको नशामा रहेका एक शिक्षकले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्। घटनामा संलग्न

सामाजिक सञ्जालमा धार्मिक आस्थामा असर पर्ने सामग्री पोस्ट गर्ने युवक पक्राउ

सुर्खेत — सामाजिक सञ्जालमार्फत आम नागरिकमा भ्रम फैलाउने तथा धार्मिक आस्थाप्रति असर पर्ने खालका भिडियो र

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्