भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेपछि स्थानीयले लखेटे

Friday June 12, 2026

पढ्न लाग्ने समय :


परासी : भारतीय सीमा सुरक्षाफोर्स ९एसएसबी० नेपाली भूमि सुस्तामा प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका छन् । शुक्रबार बिहान करिब ७ बजे सुस्ता गाउँपालिका–५ स्थित थारू टोलमा एसएसबी प्रवेश गरेपछि स्थानीयले हो–हल्ला गर्दै आफ्नै भूमि जान भनेका थिए ।
नारायणी नदीमा निर्माणाधीन तटबन्धको काम रोक्न १७ जेठमा एसएसबी नेपाली भूमि प्रवेश गरेपछि यस क्षेत्रलाई नेपाली र भारतीय दुवै पक्षले थप निगरानीमा राखिरहेका छन् ।
खेतमा काम गरिरहेका स्थानीयले नेपाली भूमिमा किन प्रवेश गरेको भन्दै भारतीय सुरक्षाकर्मीलाई फर्कन भनेका थिए । स्थानीयसँग केही समय सामान्य वादविवाद गरेपछि एसएसबी भारततर्फ नै लागेका थिए ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज घिमिरेले नियमित गस्तीमा रहेको भारतीय सुरक्षाकर्मीको टोली सिमा नजिकै पानी जमेकोले त्यसलाई पार गर्न नेपालतर्फ आएको बताउँदै भने, ‘तर लगत्तै नेपाली सुरक्षाकर्मी पुगेपछि अहिले सुस्ताको अवस्था सामान्य छ ।’

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले शुक्रबार बिहान भारतीय सुरक्षाकर्मी नेपाली भूभाग


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।