भारतीय उर्जामन्त्रीको नेपाल भ्रमणपछि मात्रै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने

Friday February 14, 2025

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भारतीय उर्जामन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणपछि मात्रै हुने भएको छ । बिहीवार भारतको भ्रमण सेकर स्वदेश फर्किनुभएका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले चाँडै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्नुहुने बताउनुभएको हो । उहाँले छिटै नै भारतीय उर्जामन्त्री नेपाल आउने र त्यसपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण तय हुने बताउनुभ भयो । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भग लिएर स्वदेश फर्किनुभएका मन्त्री खड्काले भारत भ्रमणका क्रममा तीन जना मन्त्रीहरु (विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग) सँग भेट गरेको र ठूला आयोजना सम्पन्न गर्ने बारेमा छलफल सकारात्मक रहेको जानकारी दिनुभयो । उहाँले भारतीय उर्जामन्त्री चाँडै नेपाल आउने तय भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘उर्जामन्त्री भारतबाट आइसकेपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिट हुने कुरा छ । त्यसपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिटको मिति तय हुन्छ भन्ने हाम्रो अनुमान छ ।’
मन्त्री खड्काले उर्जा क्षेत्रमा भारतको राम्रो सहयोग गरेको महशुस गरेको पनि बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।