भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका तीन नाकामा एक्सरे मेसिन जडान गरिने

Friday June 19, 2026

पढ्न लाग्ने समय :


धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले भारतसँग जोडिएका तीन प्रमुख सीमा नाकामा अत्याधुनिक सुरक्षा उपकरण जडान गर्ने भएको छ।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले कैलालीको त्रिनगर ९गौरिफन्टा० र खक्रौला तथा कञ्चनपुरको गड्डाचौकी नाकामा एक्सरे मेसिन जडान गर्ने तयारी गरिएको हो।
यात्रु तथा सामानको सुरक्षा जाँचलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीनवटै नाकामा वाकथ्रु मेसिन तथा सिसिटिभी क्यामेरा समेत जडान गरिने जनाइएको छ।
यसका लागि सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्रालयका अनुसार सुरक्षा प्रविधिको प्रयोग बढाएर सीमा नाकाको निगरानी तथा नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाइनेछ।
प्रदेश सरकारले सीमा सुरक्षालाई प्रविधिमैत्री बनाउने योजनाअन्तर्गत उक्त कार्यक्रम अघि बढाएको जनाएको छ। यसबाट अवैध ओसारपसार, अपराध नियन्त्रण तथा सुरक्षा व्यवस्थापनमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।


भर्खर

सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यु, अर्को सूचना नभएसम्म लागू हुने

सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो

सुनसरी झडप अपडेट: उपचाररत थप एक युवकको मृत्यु, मृतक संख्या दुई पुग्यो

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गत आइतबार राति भएको झडपमा गोली लागेर घाइते भएका थप एक

सुनसरी गोलीकाण्डबारे राप्रपाप्रमुख सचेतक खुस्बु ओलीको प्रश्न:‘गोली चलाउने आदेश कसले दियो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीमा भएको गोलीकाण्डबारे सरकारसँग स्पष्ट जवाफ माग