भारतद्वारा न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा

Saturday October 12, 2024

पढ्न लाग्ने समय :


भारतले न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० ले न्युजिल्याण्डविरुद्ध खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो । रोहित शर्माको कप्तानीमा जसप्रित बुमराहलाई उपकप्तान बनाइएको छ । त्यस्तै विराट कोहली, केएल राहुल र सरफराज खानसँगै आकाश दीपले पनि टोलीमा मौका पाएका छन् ।

तीन खेलको टेष्ट सिरिज खेल्न न्युजिल्याण्डको टोली भारत भ्रमणमा रहेको छ । भारत र न्युजिल्याण्डबीच अक्टोबर १६ देखि तीन खेलको टेष्ट सिरिज हुँदैछ भने सिरिजको पहिलो खेल बैंङग्लोरमा हुनेछ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।