बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

Saturday May 4, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा आर्सनलले बोर्नमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा बुकायो साका, लीन्द्रो ट्रोसार्ड र डेकलान राइसले एक एक गोल गरेका थिए ।

यो जितपछि आर्सनल यस सिजनको लिग जितको दौडमा सबैभन्दा अगाडी रहेको छ । आर्सनलको ३६ खेलमा ८३ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ७९ अंक रहेको छ ।

त्यस्तै बोर्नमाउथको ३६ खेलमा ४८ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।