बैतडीमा विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य

Tuesday May 2, 2023

पढ्न लाग्ने समय :


बैतडी । बालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ ।  पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो । जिल्ला खोप समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार नै विद्यालयमा बालबालिकालाई भर्ना खोप कार्ड अनिवार्य गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिएका छन्।

राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाले खोप लाए-नलाएको जानकारी हुने भएकाले विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य गर्न विद्यालयलाई आग्रह गरिएको छ । उनले भने,’खोप ऐन २०७२ मा विद्यालय भर्ना गर्न अनिवार्य खोप लगाएको हुनुपर्ने भनिएको छ । सोहीअनुसार जिल्ला खोप समन्वय समितिको बैठकले पनि गरेको निर्णय हो ।’

बालबालिका भर्ना हुँदा अनिवार्य खोप कार्ड हुनुपर्ने निर्णयअनुसार शिक्षा विकास तथा समन्वय इकाईले प्रत्येक पालिकाका शिक्षा शाखालाई परिपत्र र पालिकाको शिक्षा शाखाकाले पालिकाभित्रका रहेका विद्यालयलाई पत्राचार गरेको भट्टको भनाइ छ ।

राष्ट्रिय खोप तालिका अनुसार बालबालिकालाई विभिन्न रोगविरुद्ध निःशुल्क खोप दिने गरिएको छ । बालबालिकालाई विभिन्न १३ प्रकारका खोप दिइन्छ । हाल जिल्लामा विद्यार्थी भर्ना अभियान सञ्चालनमा रहेको छ ।

विद्यार्थी भर्ना अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए । बैतडीमा पाँच सय ६२ विद्यालय छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।