बैतडीमा रास्वपाका हरि र एमालेका दामोदरबीच कडा प्रतिस्पर्धा

Saturday March 7, 2026

पढ्न लाग्ने समय :


बैतडी : बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीले झिनो अग्रता लिएका छन्। हालसम्मको मतगणनाअनुसार उनले ६ हजार ५६२ मत प्राप्त गरेका छन्।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का दामोदर भण्डारीले ६ हजार ४५४ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर १०८ रहेको छ।
यस्तै नेपाली कांग्रेसका चतुर बहादुर चन्दले ५ हजार ५१६ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्टले २ हजार ७१० मत पाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेन बहादुर चन्दले ४६४ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का राम बहादुर कुँवरले १२४ मत ल्याएका छन्। यहाँ प्रतिनिधिसभाको १ र प्रदेशसभाको २ निर्वाचन क्षेत्र रहेका छन्।
बिहीबार सम्पन्न निर्वाचनमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।