बैतडीमा भीरबाट लडेर एकको मृत्यु

Wednesday March 18, 2026

पढ्न लाग्ने समय :

फाईल फोटो

बैतडी : बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–३ गुजरका २६ वर्षीय नरेश कोलीको भीरबाट लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मङ्गलवार पाटन बजारबाट घर फर्किएका कोली घर नपुगेपछि परिवारले खोजतलास सुरु गरेका थिए। सोही क्रममा बुधवार बिहान उनको शव भीटा भीरको तल सुर्नया नदी किनारमा फेला परेको हो।

भीटा भीरको तल शव फेला परेकाले लडेर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका