बैतडीमा बस दुर्घटना हुँदा एककको मृत्यु

Saturday June 20, 2026

पढ्न लाग्ने समय :


बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–४ स्थित दशरथचन्द राजमार्गमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सुपप्र ०१–००१ ख ३६४६ नम्बरको बस साँझ करिब ५ः४० बजे अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा दशरथचन्द नगरपालिका–६ का ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ। बसमा चालकसहित १२ जना सवार रहेका थिए। चालक भने सकुशल रहेका छन्।
दुर्घटनामा घाइते भएका १० जनालाई जिल्ला अस्पताल बैतडीमा उपचारका लागि लगिएकोमा ६ जना डिस्चार्ज भएका छन् भने सहचालकलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको बैतडी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।