बैतडीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १३ जनाको अन्त्येष्टि

Saturday February 7, 2026

पढ्न लाग्ने समय :


धनगढीः बैतडीमा भएकाे बस दुर्घटनामा ज्यान गुमाएकाहरूकाे अन्त्येष्टि गरिएकाे छ। जिल्लाकाे पुर्चौडी नगरपालिका–७ बडूगाउँमा बिहिवार जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको अन्त्येष्टि गरिएको हाे।

बझाङको बित्थडचिर गाउँपालिका–७ का आठ जनाको कालङ्गा आर्यघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ। अन्य मृतकहरूको सम्बन्धित स्थानमा अन्त्येष्टि गरिएको छ।

सहोदर दाजुभाइ नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी र वसन्तराज जोशी, बाबु–छोरा केशवराज जोशी र अशोकराज जोशी, सहोदर दाजुभाइ किसनदत्त जोशी र विसनदत्त जोशी तथा आफन्त दीपकराज जोशीकाे कालङ्गामा अन्त्येष्टि गरिएकाे हाे।

यस्तै, बेहुली पक्षका पुर्चौडी नगरपालिका–७ की पुष्पा अवस्थी तथा बेहुलीका १४ वर्षीय भाइ सुशील जोशीको पुर्चौडीस्थित राताशीला आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएकाे थियाे। दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए।

हालसम्म १६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकीको डडेल्धुरा अस्पताल र धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएकाे छ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका