बैतडीमा निर्वाचन प्रहरीको मृत्यु
पढ्न लाग्ने समय :
बैतडी : बैतडीमा एकजना निर्वाचन प्रहरीको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक सुरज सिंहका अनुसार शुक्रवार दिउँसो खाना खान घर गएको समयमा वड घरमै अचेत अवस्थामा फेला परेका थिए।
अचेत अवस्थामै जिल्ला अस्पताल बैतडीमा पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ। शनिवार पोस्टमार्टम गरिने प्रहरीको भनाइ छ। सदरमुकाम नजिकै घर भएका वड निर्वाचन ड्युटी सकेर खाना खान घर गएका प्रहरीले बताएकाे छ।
केही दिनअघि निर्वाचन प्रहरीकै तालिमका क्रममा दशरथचन्द नगरपालिका–४ कै अर्का एक जना निर्वाचन प्रहरीको घर जानेक्रममा भीरबाट लडेर मृत्यु भएको थियो।