बैतडीमा जन्ती बोकेको बस दुर्घटना

Thursday February 5, 2026

पढ्न लाग्ने समय :


धनगढी: बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएकाे छ। बझाङ तर्फ जान लागेको बस पुर्चौडी नगरपालिका-७ बडूगाउँ मोडमा दुर्घटनामा परेको हाे।

बझाङको वित्थडचिर गाउँपालिकाबाट बैतडीको पुर्चौडी-७ भवने आएको जन्ती फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

करिब आठ सय मिटर तल खोलामा खसेको बसमा सवार मध्ये १६ जना घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा कोटिला स्वास्थ्य चौकीमा पुर्‍याइएको प्रहरीले जनाएको छ।
प्रहरीले रातिको समय भएकाले बसमा सवार यात्रुको खोजीकार्यमा समस्या भएको जनाएको छ।

प्रहरीले हताहतीको संख्याबारे समेत थाहा हुन नसकेको बताएको छ।

उद्धारका लागि घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय पाटन र अस्थायी प्रहरी चौकी ढोल्यामोडको प्रहरी टोली खटाइएको छ।

घटनास्थलमा प्रहरी चौकी हाट र हाट स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको बैतडी प्रहरीले बताएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।