बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छः अर्थमन्त्री

Monday January 20, 2025

पढ्न लाग्ने समय :


उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभएको छ । सोमवार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले बैंकको क्षमता विकास, बैंकको सामथ्र्य विकास, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले बैंक सबल र प्रभावकारी भएमात्रै बैंकका कर्मचारीहरुको इज्जत माथि उठ्ने र बैंकले नागरिकको विश्वास जित्ने बताउनु भयो । उहाँले बैंकका कर्मचारीहरुले पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिएर काम गर्न आवश्यक रहेको बताउनु भयो ।
उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘अहिले बैंकको व्यवस्थापन र कर्मचारी साथीहरुको बीचमा जहाँ जीवन्त सम्बन्ध हुन्छ, जहाँ राम्रो सम्बन्ध हुन्छ, त्यस्तो बैंकले प्रगति गर्ने सम्भावना ज्यादा हुन्छ । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, बैंकका सबै कर्मचारी साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, बैंकमा गठन भएका ट्रेड युनियनका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यहाँहरुले सबैभन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामथ्र्य, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूचि बनाउनु पर्दछ । बैंक सबल भयो, प्रभावकारी भयो, बैंकको इज्जत माथि उठ्यो भने समस्त कर्मचारीको इज्जत माथि उठ्छ । त्यसमा हरेकले सेभिङ गर्न पाउँछ, बैंकको प्रतिष्ठा कमजोर भयो, बैंकको पर्फमेन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिन पुग्छ । पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिनुहोला । बैंक जुन उद्देश्यले स्थापना भएको छ, ति उद्देश्य हाँसिल गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्छ ।’

उपप्रधानमन्त्री पौडेलले व्यवस्थापन र कर्मचारीका बीचमा राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको बताउनु भयो । बैंकको डिपोजिटको अनुपात चिन्ताको विषय रहेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।