बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा पन्त

Sunday July 5, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुर : कञ्चनपुरको बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाशराज पन्त सर्वसम्मत चयन भएका छन । शनिवार सम्पन्न पाँचौँ वार्षिक साधारण सभाबाट अध्यक्षमा पन्त सर्वसम्मत चयन भएका हुन।

नव निर्वाचित अध्यक्ष पन्तले व्यवसायीहरूको हकहितको संरक्षण, निजी क्षेत्रको प्रवर्धन तथा बेलौरीको आर्थिक, सामाजिक र व्यावसायिक विकासमा योगदान पुगाउने प्रतिबद्धता जाहेर गरेका छन।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा महेन्द्रसिंंह बुढाल, उद्योग उपाध्यक्षमा राजबहादुर चन्द, वाणिज्य उपाध्यक्षमा वसन्त पुन मगर, महासचिव रामेश्वर न्यौपाने, सचिवमा रिता चौधरी र कोषाध्यक्षमा रघुवीर भण्डारी चयन भएका छन ।

सदस्यतर्फ कैलाससिंह विष्ट, वासुदेव भट्ट, यमबहादुर कडेल, विष्णुमाया कडेल, दिनेश बखरिया चौधरी, तारासिंह विष्ट, यलोना श्रेष्ठ र अशोक चौधरी चयन भएका छन।

बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित साधारण सभाको अध्यक्षता संघका अध्यक्ष हिरासिंह विष्टले गरेका थिए। उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज कुँवर प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा, कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दीपेन्द्रप्रकाश साउँद, बेलौरी नगरपालिका–४ का वडाध्यक्ष अर्जुन ढकाल, पूर्व अध्यक्षहरू टेकबहादुर साउद, आत्मराम दाहाल, धनेशदत्त पन्त र लक्ष्मीनारायण चौधरी लगायत उद्योगी तथा व्यवसायीहरूको सहभागिता थियो । सभामा संस्थाका कोषाध्यक्ष महेन्द्रसिंह बडालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


भर्खर

चिकित्सकमाथिको हिंसाविरुद्ध, नेपाल चिकित्सक संघको प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र ,इमर्जेन्सी बाहेकका सेवा बन्द

नेपाल चिकित्सक संघ, सुदूरपश्चिम प्रदेश शाखाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बढ्दो हिंसा र असुरक्षाको विरोध गर्दै

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग