चिकित्सकमाथिको हिंसाविरुद्ध, नेपाल चिकित्सक संघको प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र ,इमर्जेन्सी बाहेकका सेवा बन्द

Tuesday July 28, 2026

पढ्न लाग्ने समय :


नेपाल चिकित्सक संघ, सुदूरपश्चिम प्रदेश शाखाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बढ्दो हिंसा र असुरक्षाको विरोध गर्दै कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडा नन्द खत्री मार्फत सरकार लाई ज्ञापनपत्र बुझाएको छ।
संघले बिराटनगरस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार र आक्रमणको कडा शब्दमा निन्दा गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। साथै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गरी चिकित्सकलाई सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता गर्न सरकारसँग आग्रह गरिएको छ।

नेपाल चिकित्सक संघको केन्द्रीय समितिको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशका सरकारी, निजी, शिक्षण तथा सामुदायिक अस्पताल, मेडिकल कलेज, स्वास्थ्य संस्था र क्लिनिकहरूमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएको संघले जनाएको छ।
ज्ञापनपत्र बुझाउँदै संघका पदाधिकारीहरूले स्वास्थ्यकर्मीमाथि हुने हिंसा कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै उपचार सेवामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।
संघले आन्दोलनका कारण सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै स्वास्थ्यकर्मीको सम्मान र सुरक्षाका लागि सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।


भर्खर

चिकित्सकमाथिको हिंसाविरुद्ध, नेपाल चिकित्सक संघको प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र ,इमर्जेन्सी बाहेकका सेवा बन्द

नेपाल चिकित्सक संघ, सुदूरपश्चिम प्रदेश शाखाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बढ्दो हिंसा र असुरक्षाको विरोध गर्दै

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग