कैलालीमा ईभी दुर्घटना

Tuesday July 21, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–१ गोप्कास्थित टी एण्ड टी होटल नजिक मंगलबार बिहान सुपप्र ०१-००१ ख ३७१४ नम्बरको ईभी हाईस दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

हाईस आफैँ अनियन्त्रित भई सडकको दाहिनेतर्फको नालामा पल्टिएको छ । दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका-७ निवासी २३ वर्षीय चालक मिलन भुजेलसहित दुई सहचालक घाइते भएका हुन्।

घाइतेमध्ये सिन्धुलीको दुधौली नगरपालिका-४ निवासी २६ वर्षीय प्रकाश दाहाल को मुख र छातीमा तथा कैलालीको गोदावरी नगरपालिका-२ निवासी २८ वर्षीय सागर उपाध्याय को ढाड र खुट्टामा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको र उपचारका लागि नोभा अस्पताल, धनगढी पठाइएको प्रहरीले जनाएको छ।

चालक भुजेलको ढाडमा सामान्य चोट लागेको छ। उनको चौमालास्थित लाइफकेयर क्लिनिकमा उपचार भइरहेको छ। दुर्घटनामा हाईसको अगाडिको र पछाडिको भागमा पूर्ण रूपमा क्षति पुगेको छ। दुर्घटनाका बेला गाडीमा चालकसहित तीन जना स्टाफ मात्र सवार रहेको प्रहरीले जनाएको छ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको