‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्दै कामपा

Friday April 21, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । यही शैक्षिकसत्रदेखि काठमाडौँ महानगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अब विद्यार्थीले शुक्रबार किताब बोकेर विद्यालय जाँदैनन् । नियमित समयमै विद्यालय जान्छन् तर अन्य अतिरिक्त क्रियाकलाप गरेर व्यावहारिक ज्ञान लिएर घर फर्कन्छन् । कक्षा सञ्चालन सुरु भएसँगै प्रत्येक सामुदायिक विद्यालयले उक्त कार्यक्रम लागू गर्ने कामपाको भनाइ छ । अहिले विद्यालयमा धमाधम भर्ना अभियान सञ्चालन भइरहेको छ ।

कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि कामपाको प्रत्येक सामुदायिक विद्यालयलाई पत्राचार गरिसकेको छ । यसअघि केही विद्यालयले शुक्रबार १ बजे पछि मात्रै केही अतिरिक्त क्रियाकलाप गर्ने गरेका थिए । यसलाई पूरा दिन र सबै शुक्रबार किताबको ज्ञानभन्दा केही फरक कार्यकम गर्न लागिएको हो । विद्यार्थी भाइबहिनीका लागि जीवनोपयोगी, जिन्दगी पढ्ने शिक्षा दिन खोजिएको महानगरले बताएको छ ।

अब हरेक शुक्रबार १० देखि ४ बजेसम्म नै अतिरिक्त कार्यक्रम सञ्चालन हुन्छ । सुरुआती चरणमा सामुदायिक विद्यालयमा मात्रै कार्यक्रम सञ्चालन भए पनि आगामी वर्षदेखि निजी विद्यालयमा पनि विस्तार गरिने कामपाको तयारी छ । कार्यक्रम सञ्चालन गर्न कामपाले प्रत्येक माध्यमिक विद्यालयलाई रु एक लाखका दरले बजेट वितरण गरिसकेको छ । “आगामी वर्ष बढाएर कम्तीमा रु दुई लाख बचाउने तयारी छ”, प्रमुख सुवेदीले भने ।

आज ‘हाफटाइम’ अघि सम्बन्धित कक्षामा अध्ययन गराइने सम्बन्धित किताबसँग आधारीत रहेर अतिरिक्त क्रियाकलाप हाजिरी जवाफ, कविता लेखन र वाचन, निबन्ध लेखन र वाचनलगायत समूहगत छलफलका क्रियाकलाप गर्दैै रमाउँदै कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रमुख सुवेदीले भने, “क्रियाकलाप थप महत्वपूर्ण हुन्छ जुन सीपसँग सम्बन्धित छन् जहाँ खाना पकाउने, व्यक्तिगत र घर सरसफाइका भाषण गर्ने कलासहित अन्य व्यावहारिक ज्ञानका विषय यसमा समावेश गरिन्छ ।” कार्यतालिका बनाएर शुक्रबार नै खेतबारीको स्थलगत अवलोकन पनि गराइनेछ । उक्त कार्यक्रम कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई सञ्चालन गरिन्छ ।

कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।